चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति | Khabarhub Khabarhub

चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेतिर लागेको आगोमा जल्दा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् ।

शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई  उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागी बुधबार बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो ।

उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : १२ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

त्रिशूली– लिखु गाउँपालिका–६ छहरेमा मिनिट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहट– रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा एक

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

पर्वत– चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ

ट्रम्पका राजनीतिक सल्लाहकारको फोनमा चिनियाँ ह्याकरको पहुँच

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका राजनीतिक सल्लाहकारको

यो तिहारमा १५ लाख सयपत्री माला भारतीय बजारकै भर

नेपालमा अत्यधिक फूल खपत हुने मौसम (तिहार र छठ) मा