रिचार्ज कार्डको नम्बर मेट्टियो, नआत्तिनोस् विकल्प सकिएको छैन « Khabarhub

रिचार्ज कार्डको नम्बर मेट्टियो, नआत्तिनोस् विकल्प सकिएको छैन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेवाग्राहीले मोबाइलमा रिजार्ज गर्न खोज्दा नम्बर नै मेटिएर रिचार्ज कार्ड फ्याल्नेसम्मको अवस्थामा पुग्छन् ।

कतिपयचाँही पैसा खेर गयो भन्दै आत्तिन्छन् । तर नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ।

कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ । ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर वेवसाइटमा उपलब्ध गराउनु पर्नेछ।

कम्पनीको पिन रिकभरीमा क्लिक गर्ने वा सिधै pinrecovery.ntc.np मा लग अन गर्नुपर्छ। रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ।

कम्पनीका अनुसार देखिने पिन नम्बरलाई कार्डमा लेखिएकै अवस्थामा राखिनुपर्छ । मेटिएको अंकमा * चिन्ह राख्नुपर्छ।

नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७***१२**५८ संरचना बमोजिम राख्नुपर्छ । यो प्रकृया बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ।

कम्पनीका अनुसार १० पटक सम्म गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुने छैन। यस्तो अवस्थामा रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ। काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स