कोरोनाका कारण दयाहाङको ‘नीरफूल’ पनि सर्‍यो « Khabarhub

कोरोनाका कारण दयाहाङको ‘नीरफूल’ पनि सर्‍यो


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ । पत्रकार फूलमान निर्देशित यो फिल्म शुरुमा फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो ।

यो मितिमा पल शाह र पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही मितिमा रिलिज हुने भनिएपछि फिल्म एक हप्तापछि सरेको थियो । कोरोना भाइरसको सन्त्रासका कारण यो फिल्मको प्रदर्शन पनि स्थगित गरिएको छ ।

यतिबेला भने कोरोना भाइरसको त्रासका कारण ‘नीरफूल’ को पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको हो ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह, तथा कार्यक्रम नगर्न आह्वान गरिरहेका बेला हामीले पनि नीरफूलको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ सेलो प्रोडक्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्माण टिमले समयमा फिल्म प्रदर्शन गर्न नपाएको भन्दै दर्शकसँग माफी मागरेको छ । निर्माण टिमका अनुसार स्थिति सामान्य भएपछि फिल्म पुनः प्रदर्शन गरिनेछ ।

फिल्ममा भूकम्पले तहसनहस पारेको एक परिवारको कथा समेटिएको छ । फूलमान बलको लेखन समेत रहेको यो फिल्ममा धादिङ जिल्लाको हिमाली भेगको एक परिवारको कथा देखाइएको छ ।

सचिन घिमिरे र फूलमान बलले स्क्रिप्ट तयार पारेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । यस्तै फिल्ममा रेखा थापा, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, सरिता गिरी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : ४० बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी