नबिल बैंक र टेस्ला डाईगोनोस्टिकबीच सम्झौता पत्रमा हस्ताक्षर | Khabarhub Khabarhub

नबिल बैंक र टेस्ला डाईगोनोस्टिकबीच सम्झौता पत्रमा हस्ताक्षर


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरे ।

सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।

बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।

नबिल बैंकले १ सय १८ वटा शाखाहरु, १ सय ७६ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : ५८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास