प्रहरीले गस्ती गरेको २० मिनेटपछि बाँस्कोटाको घरमा बम विस्फोट « Khabarhub

प्रहरीले गस्ती गरेको २० मिनेटपछि बाँस्कोटाको घरमा बम विस्फोट


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन ८ गते । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ठेकेदारसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु पर्‍यो । कुनै पनि मन्त्रीले पदबाट राजीनामा दिएपछि उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरु क्रमश फिर्ता गर्ने गरिन्छ ।

नेपाली सेनाबाट खटाइएका पीएसओ बाँस्कोटाले राजीनामा दिएकै दिन फिर्ता भइसकेका थिए । तर, नेपाल प्रहरीका केही सुरक्षाकर्मीहरु भने उनीसँगै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका बाँस्कोटाको सुरक्षाका लागि विस्तारै थप सुरक्षाकर्मी पनि परिचालन हुन थाले । कारण थियो– उनलाई लक्षित गरी आक्रमण हुन सक्ने सूचना प्राप्त हुनु ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्राप्त गरेको थियो । उक्त सूचना महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी हुँदै प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयसम्म पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयकै निर्देशनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बाँस्कोटाको सुरक्षाका लागि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा एउटा नयाँ टिम परिचालन गरेको थियो । उक्त टिमले बास्कोटा बस्ने बालकोटस्थित ओली निवास तथा उनी जाने सम्भावित ठाउँमा सुरक्षा चुनौतीको विश्लेषण गरी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी आयुक्तको कार्यलय रानीपोखरीलाई रिपोर्ट दिने जिम्मेवारी पाएको थियो ।

यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुरले बाँस्कोटाको लोकन्थलीस्थित निजी निवासको सुरक्षाका लागि पनि छुट्टै टिम खटाएको थियो । बाँस्कोटाको लोकन्थलीस्थित निवासका लागि प्रहरी हवल्दारको नेतृत्वमा करिब ३ जना प्रहरीको टोली परिचालन गरिएको थियो ।

उक्त टोलीले बाँस्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा दिनको ३ पटक आनिवार्य गस्ती गर्ने गर्दथ्यो । बुधबार पनि बिहान करिब ७ः३० बजेतिर उक्त टोली बाँस्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा गस्ती गरेर ‘फर्किएको’ थियो ।

तर, प्रहरीको टोली गस्ती गरेर फर्किएको केही मिनेटमै (बिहान करिब ७ः५० बजेतिर) बाँस्कोटाको लोकन्थली निवासमा बम विस्फोट हुन पुग्यो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधान सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै बुधबार बाँस्कोटाको लोकन्थलीस्थित निवासमा विस्फोट हुन पुगेको बताउँछन् ।

‘हामीले पेट्रोलिङ (गस्ती) टोलीको सट्टा स्टेबल भएर पहरा दिने टोली परिचालन गर्नुपर्ने रहेछ,’ बाँस्कोटा निवासमा बम विस्फोट भएपछि सुरक्षा कमजोरीबारे प्रारम्भिक विश्लेषण गर्दै एसपी प्रधानले खबरहबसँग भने, ‘यसमा हाम्रो केही कमजोरी देखियो । अब यस्ता कमजोरी नदोहोर्याउने गरी काम गरिन्छ ।’

एसपी प्रधानले बाँस्कोटा निवासमा भएको विस्फोटको घटनामा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको देखिने केही प्रमाणहरु फेला परेको बताए । यद्यपि घटनाको विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै यकीनका साथ भन्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।

‘प्रतिबन्धित समूह (विप्लव समूह)बाट पहिले नै सेक्युरिटी थ्रेट थियो । सोहीअनुसार हामीले सुरक्षा प्रबन्ध पनि मिलाएका थियौं,’ एसपी प्रधानले भने, ‘तर, पूर्वमन्त्रीज्युको लोकन्थलीस्थित निवासको सुरक्षामा भने केही कमजोरी हुन पुगे ।’

बाँस्कोटाको लोकन्थलीस्थित निवासमा भएको विस्फोटको जिम्मा प्रतिबन्धित विप्लव समूहले लिइसकेको छ । सेक्युरिटी प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेका कारण बाँस्कोटाको निवासमा विस्फोट गराइएको विप्लव समूहको दलिल छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : १४ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको