प्रदेश, जिल्ला र डोजाङहरुलाई प्रतियोगिता नगर्न तेक्वान्दो संघको निर्देशन « Khabarhub

प्रदेश, जिल्ला र डोजाङहरुलाई प्रतियोगिता नगर्न तेक्वान्दो संघको निर्देशन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विश्व व्यापी रुपमा फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ ।

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि राष्ट्रिय प्रतियोगिता नगर्न निर्देशन दिएको छ ।

संघले विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद गतिविधि नगर्न गरेको आवहनलाई आत्मसाथ गर्दै आफ्ना प्रदेश, जिल्ला र डोजाङहरुलाई प्रतियोगिता नगर्न भनेको छ ।

अहिले हुने तय भएका नवौं राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्रि सेमिनार र दशौं राष्ट्रिय तेक्वान्दो रेफ्रि रिफ्रेसर कोर्स र तेक्वान्दोका सबै राष्ट्रिय प्रतियोगिता तत्कालका लागि रोक्न भनेको छ ।

संघले अर्को सुचना नआएसम्मका लागि तेक्वान्दो रोक्न निर्देशन दिएको छ । कोरोनाका कारण विश्वभर ४ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : २६ बजे

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता