प्रिन्सको कीर्तिमानी छलाङ, शीर्ष सातमा उक्लिए « Khabarhub

प्रिन्सको कीर्तिमानी छलाङ, शीर्ष सातमा उक्लिए


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा सुधार गरेका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्स सातौं स्थानमा उक्लिएका हुन् । यसअघिको वरियतामा प्रिन्स शीर्ष १० औं स्थानमा थिए ।

प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट हो । ब्याडमिन्टनको विश्व वरियताको शीर्ष ७ मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

उनले जर्मनीमा सम्पन्न जर्मन जुनियर इन्टरनेसनल सिरिजमा उत्कृष्ट खेलेपछि वरियतामा सुधार भएको हो ।

त्यसअघि उनले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल सिरिज पनि खेलेका थिए । दुवै सिरिजमा प्रिन्सले अन्तिम १६ सम्म स्थान बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : ३५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका