प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लैजाने हल्ला मात्र : थापा « Khabarhub

प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लैजाने हल्ला मात्र : थापा


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहेपनि उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने बताएकी थिइन् ।

उनले प्रधानमन्त्रीका परिवारले नै केही दिन अस्पतालमा राख्न आग्रह गरेकाले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरीएको बताएकी थिइन् । तर, मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुर लागे तयारी भएको भन्ने समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री ओलीलाई थप उपचारको लागि सिंगापुर लैजाने कुरा गलत हल्ला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खबरहबसँग बताए । उनले भने, त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु ।

प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा थापाले भने, ‘उहाँको उपचार गर्ने चिकित्सकको निर्णय अनुसार प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिँदै छ । बजारको हल्ला हेरेर डिस्चार्ज गरिहाल्ने कुरा हुँदैन ।’

थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षित गतिमा सुधार भइरहेको छ ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्,’ उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : ४८ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको