यी ५ आविष्कार जसले मानिसलाई सधै जीवित नै राख्न पनि सक्छ « Khabarhub

यी ५ आविष्कार जसले मानिसलाई सधै जीवित नै राख्न पनि सक्छ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जतिसक्दो धेरै बाँचिराख्न पाए हुन्थ्यो भन्ने मानवीय चाहाना नै हो । अर्थात संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन।

मानिसहरु इच्छाए अनुसार दीर्घ जीवन बाँचिरहुँ भन्‍ने नै चाहान्छन् । मानीसको यही चाहनालाई ध्यानमा राख्दै वैज्ञानिकहरु नयाँ आविष्कारमा जुटेका छन् ।

जुन आविष्कार सफल भए मानिसको आयु अस्वभाविक रुपमा बढ्न सक्ने  वैज्ञानिकहरुले दावी गरेका छन् ।

१. अंग उत्पादन गर्ने ल्याब

मानव शरीरको कुनै पनि अंगले काम नगरेमा वा बिग्रिएमा नयाँ अंग उत्पादन गरेर त्यसको प्रतिस्थापन गराउने गरी वैज्ञानिकहरु जुटेको बताइन्छ ।

यो सफल भएमा मानिसले शरीरमा नयाँ अंग प्रत्यारोपण ल्‍याबबाट पाउन सक्‍नेछन्। अहिलेको जस्तो कसैले दान दिएपछि अंग प्रत्यारोपण गर्न पर्ने अवस्था हुँदैन ।

२.लंगीभिटी पिल्स

यस्तो औषधि जसको माध्यमबाट मानिसले आफ्नो उमेर बढाउन सकुन् भन्ने हेतुले त्‍यसको खोजि भइरहेको बताइन्छ । यदि उनीहरुको खोज सफल भए यो औषधि विश्‍व बजारमा उपलब्ध हुनेछ र मानिसको औषत आयु एक सयदेखि १ सय २० वर्षसम्मको हुनेछ ।

३. इनफ्युजिङ योङ ब्लड टू ओल्ड

भन्ने गरिन्थ्यो कि पिचासले रगत पिएर आफ्नो उमेर बढाउने गर्थे । यही तरिकाको आविष्कारमा अब वैज्ञानिकहरु जुटेको हवाला दिइएको छ।

वैज्ञानिकहरुले एउटा बुढो मुसालाई केही समयसम्म रगत चढाइका थिए । फलस्वरुप उक्त बुढो मुसा एक महिना बढी बाँचेको थियो।यसैका आधारमा वैज्ञानिकहरुले यो खोजलाई निरन्तर जारी राखेका छन् ।

यदि यो खोजले सफलता पाए बुढो मानिस पनि रगत लिएर जवान हुन सक्छ।

४. अंगहरुको थ्रीडी प्रिन्टिङ

थ्रीडी प्रिन्टिङको आविष्कारले विज्ञान जगतमा ठूलो क्रान्ति नै ल्यादिएको छ । यो आविष्कारले अहिले विश्‍वमा धेरै ठूलो मेसिन समेत प्रिन्ट गर्न सकिन्छ।

यहीकारण वैज्ञानिकहरुले थ्रीडी प्रिन्टिङको माध्यमबाट मानिसको शरीरको अंगलाई प्रिन्ट गर्नेमा अनुसन्धान गरिरहेका छन्। यदि उक्त अनुसन्धानले सफलता पाएमा मानिसको अंग प्रतिरोपण गर्न सकिन्छ।

५.साइबोर्ग
प्रतिदिन करीब ३ सय मानिसको अंग खराब भएर मर्ने गरेको अनुसन्धानहरुले देखाएका छन् । उनीहरुले उचित समयमा चाहेको अंग नपाउँदा मर्नु परेको वैज्ञानिकहरुले निष्कर्ष निकालेको छ।

मानिसले चाहेको अंग खोजी गर्न वैज्ञानिकहरुले अनुसन्धान अगाडि बढाएका छन् जसअनुरुप मानिसको अंगमा मेसिन लगाउन सकिन्छ। यदि यो प्रयोग सफल भएमा मानिसको आधा मेसिन र आधा मानव अंगको रुपमा देख्‍न पाइनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ०६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर