पठाओ र टुटल रोक्न विभागले जारी गर्‍यो फेरि सूचना « Khabarhub

पठाओ र टुटल रोक्न विभागले जारी गर्‍यो फेरि सूचना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गरे कारबाही गर्ने भन्दै पुन : सूचना जारी गरेको छ । नेपालमा अहिले पठाओ, टुटल लगायतले निजी सवारीसाधन मार्फत रकम लिएर यात्रु ओसार पसार गर्दै आएका छन् ।

विभिन्न प्रयोजन्नका लागि दर्ता भएका सवारी साधानहरुले विभिन्न माध्यबाट आफू खुशि सवारी साधन सार्वजनिक रुपमा सन्चालन गरि मन परि भाडा लिएको गुनासो आए पछि यातायात व्यवस्था विभागले सूचना प्रकाशन गरेको जनाएको छ ।

सवारी साधानले सूचना विपरित काम गरेको खण्डमा सवारी तथा यातायत व्यवस्था ऐन २०५९ को दफा १२ को उफदफा १ बमोजिन सजाय गरिने जनाएको छ । साथै विभागले अनुगमन समेत गरिरहेको जानाकारि दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने उल्लेख छ। त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा लेखिएको छ।

गत वर्ष मंसिर पहिलो साता पनि विभागले निजी सवारी भाडामा प्रयोग गरेको पाइएमा कारबाही गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । भने कारवाही पनि शुरु गरेको थियो । तर चर्को विरोध भएपछि पुन सुचारु भएको थियो ।

केही समयअघि उच्च अदालत पाटनले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कानून बनाएर सञ्चालन गर्न दिन भनेको थियो ।
केही दिन यता ट्याक्सी चालक र टुटल, पठाओ चालकबीच विवाद बढेको छ । ट्याक्सी चालकहरुले हिजोमात्र यातायात व्यवस्था विभाग घेराउ गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : १७ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच