पठाओ र टुटल रोक्न विभागले जारी गर्‍यो फेरि सूचना « Khabarhub

पठाओ र टुटल रोक्न विभागले जारी गर्‍यो फेरि सूचना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गरे कारबाही गर्ने भन्दै पुन : सूचना जारी गरेको छ । नेपालमा अहिले पठाओ, टुटल लगायतले निजी सवारीसाधन मार्फत रकम लिएर यात्रु ओसार पसार गर्दै आएका छन् ।

विभिन्न प्रयोजन्नका लागि दर्ता भएका सवारी साधानहरुले विभिन्न माध्यबाट आफू खुशि सवारी साधन सार्वजनिक रुपमा सन्चालन गरि मन परि भाडा लिएको गुनासो आए पछि यातायात व्यवस्था विभागले सूचना प्रकाशन गरेको जनाएको छ ।

सवारी साधानले सूचना विपरित काम गरेको खण्डमा सवारी तथा यातायत व्यवस्था ऐन २०५९ को दफा १२ को उफदफा १ बमोजिन सजाय गरिने जनाएको छ । साथै विभागले अनुगमन समेत गरिरहेको जानाकारि दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने उल्लेख छ। त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा लेखिएको छ।

गत वर्ष मंसिर पहिलो साता पनि विभागले निजी सवारी भाडामा प्रयोग गरेको पाइएमा कारबाही गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । भने कारवाही पनि शुरु गरेको थियो । तर चर्को विरोध भएपछि पुन सुचारु भएको थियो ।

केही समयअघि उच्च अदालत पाटनले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कानून बनाएर सञ्चालन गर्न दिन भनेको थियो ।
केही दिन यता ट्याक्सी चालक र टुटल, पठाओ चालकबीच विवाद बढेको छ । ट्याक्सी चालकहरुले हिजोमात्र यातायात व्यवस्था विभाग घेराउ गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : १७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा