हिमपहिरोमा परी पाकिस्तानमा ५ जनाको मृत्यु « Khabarhub

हिमपहिरोमा परी पाकिस्तानमा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । हिमपहिरोमा अरु धेरै मानिसहरु फसेको र उनीहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : २२ बजे

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ

शङ्कर पोखरेल भन्छन्ः सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक

निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत