दुबईमा आयो उड्ने बाइक, चलाउन लाइसेन्स नचाइने « Khabarhub

दुबईमा आयो उड्ने बाइक, चलाउन लाइसेन्स नचाइने


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दुबईमा उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । यसका लागि लाइसेन्सको समेत आवश्यकता पर्ने छैन ।

तर यो सुविधा तत्काललाई दुबई प्रहरीलाई मात्र हो । प्रहरीले निकट भविष्यमा उड्ने मोटरसाइकलबाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ।

क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण भइसकेको दुवई प्रहरीले जनाएको छ ।

यसअघि सन् २०१७ मा पनि दुबईमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।

एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ५२ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर