शिकारीले २ सेता जिराफ मारे, अब विश्वमा एउटा मात्रै रह्यो भाले सेतो जिराफ « Khabarhub

शिकारीले २ सेता जिराफ मारे, अब विश्वमा एउटा मात्रै रह्यो भाले सेतो जिराफ


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरिसा (केन्या)- विश्वमा केबल ३ वटाको संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये शिकारीले दुई जिराफ मारिदिएका छन् ।

शिकारीले मारेका दुई सेता जिराफको कंकाल केन्याको गरिसा शहरनजिक फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनमध्ये अब एक भाले सेतो जिराफमात्र अस्तित्वमा छ ।

मारिएका जिराफहरु यसअघि तीन महिनाअघि मात्र देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको छ । जिराफ मार्नेहरुको पहिचान र उनीहरुको उद्देश्यबारे केही स्पष्ट नभइसकेको जनाइएको छ ।

सेतो प्रजातिका जिराफ केन्यामा मात्र पाइन्छन् । केन्याली अधिकारीले जिराफ मारिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सन् २०१७ मा जिराफका तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित भएका थिए ।

 

पछिल्ला केही वर्षयता विश्वभर जिराफको संख्या ह्वात्तै घटेको छ । ३० वर्षअघि विश्वभर जिराफको संख्या १ लाख ५५ हजार रहेकोमा अहिले विश्वभर जिराफहरु ९७ हजारको संख्यामा मात्र पाइन्छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : १२ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर