के ‘गजनी’ को सिक्वेल बन्ला ? मेकर्सले दिए यस्तो संकेत « Khabarhub

के ‘गजनी’ को सिक्वेल बन्ला ? मेकर्सले दिए यस्तो संकेत


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २००८ मा रिलिज भएको आमिर खानको हिट फिल्म ‘गजनी’ को सिक्वेल बन्ने सम्भावना देखिएको छ । मेकर्सले यसको सिक्वेल बन्न सक्ने ‘संकेत’ दिएको भारतीय मिडियाले जनाएका छन् ।

आमिर खानको गजनीले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । दर्शकबाट पनि फिल्मले राम्रो तारिफ बटुलेको थियो । कति नेपाली गजनी स्टाइलको कपालसमेत काटेका थिए ।

रिलायन्स इन्टरटेनमेन्टले सामाजिक सञ्जालमार्फत एक यस्तो ट्वीट गरेको छ, जसको कारण फिल्मको सिक्वेल बन्ने चर्चा शुरु भएको छ ।

मेकरले आमिर खानलाई ट्याग गर्दै लेखेको छ, ‘यो पोस्ट यसै पनि गजनीका लागि थियो, तर भुलियो कि, हामीले के बनाउन चाहन्थ्यौं ।’

खबरका अनुसार दक्षिण भारतीय फिल्म ‘विक्रम वेदा’ को रिमेकका रुपमा ‘गजनी २’ बन्न सक्छ । फिल्ममा आमिर खान यस्तो मान्छेको भूमिकामा हुनेछन् । जसले छोटो समयमा एकदमै छिटो हरेक कुराहरु भुल्ने गर्छन् ।

यतिबेला भने ‘लाल सिंह चड्ढा’मा व्यस्त छन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ३१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका