के ‘गजनी’ को सिक्वेल बन्ला ? मेकर्सले दिए यस्तो संकेत « Khabarhub

के ‘गजनी’ को सिक्वेल बन्ला ? मेकर्सले दिए यस्तो संकेत


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २००८ मा रिलिज भएको आमिर खानको हिट फिल्म ‘गजनी’ को सिक्वेल बन्ने सम्भावना देखिएको छ । मेकर्सले यसको सिक्वेल बन्न सक्ने ‘संकेत’ दिएको भारतीय मिडियाले जनाएका छन् ।

आमिर खानको गजनीले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । दर्शकबाट पनि फिल्मले राम्रो तारिफ बटुलेको थियो । कति नेपाली गजनी स्टाइलको कपालसमेत काटेका थिए ।

रिलायन्स इन्टरटेनमेन्टले सामाजिक सञ्जालमार्फत एक यस्तो ट्वीट गरेको छ, जसको कारण फिल्मको सिक्वेल बन्ने चर्चा शुरु भएको छ ।

मेकरले आमिर खानलाई ट्याग गर्दै लेखेको छ, ‘यो पोस्ट यसै पनि गजनीका लागि थियो, तर भुलियो कि, हामीले के बनाउन चाहन्थ्यौं ।’

खबरका अनुसार दक्षिण भारतीय फिल्म ‘विक्रम वेदा’ को रिमेकका रुपमा ‘गजनी २’ बन्न सक्छ । फिल्ममा आमिर खान यस्तो मान्छेको भूमिकामा हुनेछन् । जसले छोटो समयमा एकदमै छिटो हरेक कुराहरु भुल्ने गर्छन् ।

यतिबेला भने ‘लाल सिंह चड्ढा’मा व्यस्त छन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ३१ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृत विहिन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत