कोरोना भाइरसका कारण इण्डोनेशियामा पहिलो पटक एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण इण्डोनेशियामा पहिलो पटक एक जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ ।

इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा ५३ वर्षे विदेशी महिला छिन् ।

कोरोना भाइरलको संक्रमण देखिनुअघि नै उनीमा उच्च रक्तचाप, फोक्सोमा समस्या र थाइराइडजस्ता स्वास्थ्य समस्या रहेको उक्त कार्यदलका प्रवक्ताले जनाएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान २ बजे ती बिमारीको मृत्यु भएको जनाइएको छ । मृतकबारे सम्बन्धित दूतावासलाई जानकारी गराइएको भए पनि मृतकको पहिचान सार्वजनिक गरिएको छैन ।

यस्तै, इण्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । इण्डोनेशियामा गत साता पहिलो पटक कोरोना भाइरसका संक्रमित देखा परेका थिए ।

कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै मुलुकले उच्च सतर्कता अपनाइरहेको समेत अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४ हजार ३ सय जनाको ज्यान गइसकेको छ भने अरु १ लाख १९ हजार संक्रमित छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ३६ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले