विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन: स्वास्थ्य सेवा विभाग « Khabarhub

विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन: स्वास्थ्य सेवा विभाग


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले विदेशबाट नेपाल आउने सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नभएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कोरोना भाइरसको विषयमा आयोजना गरीएको अन्तक्रियामा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले त्रिभुवन विमानस्थलबाट आउने सबै व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएका हुन् ।

‘जसलाई कोरोनाको आशंका गरीन्छ त्यो व्यक्तिलाई क्वारेन्टाइनमा होइन आइसोलेसनमा राख्छौं । केही दिन अघि कोरियाबाट आएका दुईजना मध्ये एकजनामा ज्वरो देखियो, हामीले ज्वरो आएको व्यक्तिलाई कोरोना परीक्षणका लागि अस्पतालको आइसोलेसनमा राख्यौं, ज्वरो नआएको व्यक्तिलाई छाडिदियौं,’ श्रेष्ठले भने, ‘ज्वरो नआएकोलाई क्वारेन्टाइन गर्न सम्भवन नै छैन, चाइनाको हुवेइ शहर बन्द भएर नेपाल ल्याइएका व्यक्ति भएर मात्र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।’

श्रेष्ठले विदेशबाट स्वतन्त्र रुपमा स्वदेश फर्किने नेपालीहरु होम क्वारेन्टाइमै रहनुपर्ने बताए ।

‘कुनै एउटा शहरभरी कोरोना फैलिएर त्यहाबाट सबैलाई ल्याउने भयो भने मात्र उनीहरुलाई क्वारेन्टाइमा राख्ने हो । तर, आम मानिसहरु जा,े स्वतन्त्र रुपमा आउँछ, सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन, उहाँहरुलाई हामीले सन्देश दिएका छौं, घरमै छुट्टै बस्नुस् भनेर । त्यो नै होम क्वारेन्टाइन हो । सारा संसारलाई सरकारले क्वारेन्टाइमा राख्न त सम्भव छैन ।’

श्रेष्ठले कोरोनाको शंकासपद व्यक्तिलाई मात्र अस्पतालमा लगिने बताए । उनले कोरोना संक्रमणको बिरामी देखिएमा उपचारका लागि अस्पतालहरु तयार अवस्थामा राखिएको बताएका छन् ।

श्रेष्ठले प्रदेशहरुले प्रदेशहरुले ८ करोड सम्म बजेट विनियोजन गरीएको र प्रदेशहरुमा पनि अस्पतालहरु तयारी अवस्थामा रहेको बताए ।
श्रेष्ठले ४१ वटा चीन र भारतको सिमा नाकामा हेल्थ डेस्क सञ्चालन गरेको बताए । उनले केही दिन अघि ती हेल्थ डेस्कहरुमा स्वास्थ्य सामाग्रि समेत पठाइएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३४ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट