‘परदेशी २’ का निर्देशक भन्छन् – कोरोनाले खासै समस्या पारेको छैन « Khabarhub

‘परदेशी २’ का निर्देशक भन्छन् – कोरोनाले खासै समस्या पारेको छैन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपूत, वर्षा शिवाकोटी, केकी अधिकारी लगायतको अभिनय रहने फिल्म ‘परदेशी २’ को २० प्रतिशत छायांकन सकिएको छ । निर्देशक नारायण रायमाझीले फिल्मको छायांकन पूर्व निर्धारित योजनाअनुसार नै भइरहेको बताए ।

कोरोना भाइरस संक्रमणको भयले नेपाली फिल्म क्षेत्रमा प्रभाव परिरहेका बेला निर्देशक रायमाझीले भने छायांकनमा खासै प्रभाव नपरेको प्रतिक्रिया दिए ।

यतिबेला फिल्मको छायांकन पोखरा र आसपासका क्षेत्रमा भइरहेको छ । फिल्मको छायांकनका लागि केकी अधिकारी, प्रकाश सपुत लगायतको कलाकारको टिम पोखरामा छ ।

पोखरामा रहेका निर्देशक रायमाझीले भने, ‘फिल्मको छायांकन भइरहेको छ, कोरोनाले खासै समस्या पारेको छैन, पछि कस्तो अवस्था हुन्छ, त्यो भने भन्न सकिने अवस्था छैन ।’

वैदेशिक रोजगारीमा जाने नेपालीको कथा समेटिने यो फिल्ममा प्रकाश सपूत शीर्ष भूमिका छन् । यसअघि रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा प्रशान्त तामाङले शीर्ष भूमिका निभाएका थिए ।

उक्त फिल्मले पनि राम्रो चर्चा कमाएको थियो । ‘परदेशी २’ चाहिँ आगामी वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : १३ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा