कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सका छोरालाई मेस्सीको जर्सी उपहार ! « Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सका छोरालाई मेस्सीको जर्सी उपहार !


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको उहान प्रान्तमा कोरोना संक्रमितको उपचारमा खटिएकी एक जना नर्सका छोरालाई अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जर्सी उपहार दिएका छन् ।

चीनको हुबेई प्रान्तको उहानस्थित छ्याङ्या अस्पतालमा कार्यरत उनले अन्तर्राष्ट्रिय महिला दिवसका दिन एक अन्तर्वार्तामा मेस्सीको जर्सी पाए आफ्नो छोराका लागि प्रेरणा बन्ने बताएकी थिइन् ।

महिला दिवसको राति नै अर्जेन्टिना राष्ट्रिय टोलीले उनको उक्त कामना थाहा पाएपछि प्रतिक्रिया दिँदै उनका ८ बर्षी छोरालाई जर्सी दिने जानकारी आएको चिनिया सञ्चार माध्यमहरुले लेखेका छन् ।

‘अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसीले मेरो ८ वर्षीय छोरालाई जर्सी पठाइदिनु भयो भने युवा टोलीको अभ्यासमा रहेका उनलाई प्रेरणा हुने मेरो आशा थियो,’ नर्सको भनाइ उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन् ।

‘हेलो । यो अर्जेन्टिना राष्ट्रिय टोलीको चीनस्थित कार्यालय हो । हामीले तपाईको कामना सुन्यौं,‘उनको उक्त कामना सुनेको अर्जेन्टिना फुटबल टोलीको चीनस्थित कार्यालयबाट उनलाई म्यासेज गर्दै भनिएको छ,‘हामी तपाईलाई जर्सी नम्बर पठाउँदै छौं ।’

छिट्टै नर्सलाई मेसीको जर्सी हस्तान्तरण गर्ने टोलीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : २४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी