बुधबार नेप्से दोहोर अंकले बृद्धि « Khabarhub

बुधबार नेप्से दोहोर अंकले बृद्धि


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अघिल्लो दिन नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५.४७ प्रतिशतले सुधार भएको छ। आजको कारोबारपछि परिसूचक १४२३ अंकमा कायम भएको छ।

२ अर्ब २२ करोडको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ ६८, व्यापार ६५, होटल ९९, विकास बैंक ७४, जलविद्युत ४८, फाइनान्स २०, निर्जीवन बीमा समूह ४४५, उत्पादन १०९, अन्य १९, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ५१० अंकले बढेका छन्।

कारोबारका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो। दोस्रोमा रहेको एनआइसी एसिया बैंकको १४ करोड ६६ लाखको किनबेच भयो। एनएमबि बैंक, हिमालय डिस्टिलरी तथा नविल बैंक पनि कारोबारका आधारमा उत्कष्ट पाँचभित्र पर्न सफल भए।

साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट र महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्य ९.९० प्रतिशत बढीले बढ्यो।

हिमाल दोलखा हाइड्रोपावरको मूल्य ९ प्रतिशतले घट्यो। नेपाल फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत मूल्य गुमाए भने खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ०९ बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा