बुधबार नेप्से दोहोर अंकले बृद्धि « Khabarhub

बुधबार नेप्से दोहोर अंकले बृद्धि


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अघिल्लो दिन नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५.४७ प्रतिशतले सुधार भएको छ। आजको कारोबारपछि परिसूचक १४२३ अंकमा कायम भएको छ।

२ अर्ब २२ करोडको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ ६८, व्यापार ६५, होटल ९९, विकास बैंक ७४, जलविद्युत ४८, फाइनान्स २०, निर्जीवन बीमा समूह ४४५, उत्पादन १०९, अन्य १९, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ५१० अंकले बढेका छन्।

कारोबारका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो। दोस्रोमा रहेको एनआइसी एसिया बैंकको १४ करोड ६६ लाखको किनबेच भयो। एनएमबि बैंक, हिमालय डिस्टिलरी तथा नविल बैंक पनि कारोबारका आधारमा उत्कष्ट पाँचभित्र पर्न सफल भए।

साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट र महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्य ९.९० प्रतिशत बढीले बढ्यो।

हिमाल दोलखा हाइड्रोपावरको मूल्य ९ प्रतिशतले घट्यो। नेपाल फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत मूल्य गुमाए भने खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ०९ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्