कोरोना भाइरसको संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ ।

चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव बढ्दै जान थालेको हो ।

अष्ट्रेलियामा भने संक्रमितको संख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।

उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ७७५ पुगेको छ ।

त्यहाँ थप छ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृतकको कूल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ ।

बेलायती स्वास्थ्यमन्त्रीमा नै कोरोना भाइरसको संक्रमण देखा परेको छ । बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको हो ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता अमेरिकामा भने कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको संख्या १००१ पुगेको हो भने मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

उनीहरुले वासिङट्न राज्यमा २६०, न्यूयोर्क राज्यमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको जनाएको छन् ।

विश्वमा हालसम्म कोरोना भाइरसका कारण संक्रमितको संख्या १ लाख १९ हजार ५ सय ६४ पुगेको छ भने यसबाट हालसम्म ४३ सय २ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ३४ बजे

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।