कोरोना भाइरसबारेका सूचना एकद्वार प्रणालीबाट मात्र प्रवाह गर्ने सहमति  « Khabarhub

कोरोना भाइरसबारेका सूचना एकद्वार प्रणालीबाट मात्र प्रवाह गर्ने सहमति 


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) बारे छलफल गर्न बसेको सर्वदलीय बैठकले एकद्वार प्रणालीमा सूचना प्रवाह गर्ने सहमति गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोनाबारे सही सूचना प्रवाहमा एकद्वार प्रणाली अवलम्वन गर्ने निर्णय गरेको हो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए । अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सूचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ ।

अब सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै कोरोना भाइरसबारे नेपालमा भइरहेका गतिविधि बारेका सूचना प्रवाह गर्नेछन् ।

राजनीतिक दलहरूले कोरोना संक्रमणविरुद्धको जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाइअघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

नेपालमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा सूचना प्रवाहबारे अनेक टिकाटिप्पणी तथा जनगुनासो बढेपछि सरकारले सर्वदलीय बैठक बोलाएकाे हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको