कोरोना भाइरसबारेका सूचना एकद्वार प्रणालीबाट मात्र प्रवाह गर्ने सहमति  « Khabarhub

कोरोना भाइरसबारेका सूचना एकद्वार प्रणालीबाट मात्र प्रवाह गर्ने सहमति 


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) बारे छलफल गर्न बसेको सर्वदलीय बैठकले एकद्वार प्रणालीमा सूचना प्रवाह गर्ने सहमति गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोनाबारे सही सूचना प्रवाहमा एकद्वार प्रणाली अवलम्वन गर्ने निर्णय गरेको हो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरुले सुझाव तथा सरकारको ध्यानाकार्षण गराएका थिए । अबदेखि कोरोनाबारे सरकारको तर्फबाट सूचना प्रवाह गर्दा एकद्धार प्रणालीबाट गर्ने सहमति भएको छ ।

अब सरकारको तर्फबाट स्वास्थ्यमन्त्री वा प्रवक्तामध्ये एक जनाले मात्रै कोरोना भाइरसबारे नेपालमा भइरहेका गतिविधि बारेका सूचना प्रवाह गर्नेछन् ।

राजनीतिक दलहरूले कोरोना संक्रमणविरुद्धको जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाइअघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

नेपालमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा सूचना प्रवाहबारे अनेक टिकाटिप्पणी तथा जनगुनासो बढेपछि सरकारले सर्वदलीय बैठक बोलाएकाे हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्