काठमाडौं- नेपाली चिकित्सक किरणजंग कुँवर ‘योङ इनोभेटर अवार्ड’बाट सम्मानित भएका छन् ।
अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशनले उनलाई उक्त अवार्ड प्रदान गरेको हो ।
डा. कुँवरले प्रस्तुत गरेको मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणमा सहजीकरण तालिकालाई उत्कृष्ठ ठहर गर्दै अमेरिकाले सो अवार्ड प्रदान गरेको जनाइएको छ ।
उनी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत छन् । उनले केही महिना अघि दक्षिण कोरियामा भएको एसियन ट्रान्सप्लान्ट समिटमा पनि उनले एक करोड रुपैंया राशिको अवार्ड हात पारेका थिए ।
प्रतिक्रिया