नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)पदमा बढुवाको सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी छन्। बढुवाका लागि ३४ एसएसपी प्रतिष्पर्धामा थिए ।

शुक्रबार राति गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले दुई महिनादेखि रिक्त १० डीआईजी पदमा उनीहरुलाई बढुवाको सिफारिस गरेको हो।

गृह सचिव न्यौपाने अध्यक्ष रहेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालप्रहरीमा रहेको डीआईजी दरबन्दीआधाले कटौती गरेको थियो। सरकारले यसअघि कायम रहेको २६ डीआईजी दरबन्दीलाई १४ मा झारेको थियो।

गृहमन्त्रालयले प्रकाशित गरेको बढुवाको सूची

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : १२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी