एसइई परीक्षार्थीलाई अनलाइन कक्षा « Khabarhub

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लकडाउनले विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ ।

शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए ।

विद्यार्थीले आआफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् ।

अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारीका समयमा सूचनाप्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पुर्‍याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताए ।

अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ र छ ।

तिलोत्तमाका ५१ सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै दुई हजार सात सय विद्यार्थी एसइईको तयारीमा छन् ।

कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै सरकारले एसइई शुरु हुने दिनको अघिल्लो साँझ अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ३४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले