सार्क राष्ट्रमा कोरोना भाइरसबाट ३६४ को मृत्यु, १३ हजार भन्दाबढी संक्रमित « Khabarhub

सार्क राष्ट्रमा कोरोना भाइरसबाट ३६४ को मृत्यु, १३ हजार भन्दाबढी संक्रमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् ।

सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना नयाँ संक्रमित फेला परेका छन् भने  २२ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पाकिस्तानमा कोरोना भाइरसबाट ६६ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ९५ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २०६ जना नयाँ संक्रमित फेला परेका छन् ।

सार्क राष्ट्रममा कोरोना भाइरसको तेस्रो प्रभावित मुलुक बंगलादेशमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ९४ जना संक्रमित फेला परेसँगै ४२४ जनामा संक्रमण देखिएको छ ।

यस्तै अफगानीस्तानमा १५ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । अफगानिस्तानमा ५२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

श्रीलंकामा कोरोना भाइरसले ७ जना मानिसको ज्यान गएको छ । श्रीलंकामा हालसम्म १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ५४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा पनि कोरोनाका संक्रमण देखिएको छ । माल्दिभ्समा १९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १३ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।

नेपालमा शनिबार विहानसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

सार्क राष्ट्र मध्येको भुटानमा कोरोनाको प्रभाव सामान्य देखिएको छ । भुटानमा शनिबार बिहानसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुई जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको उपचार जारी छ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर