भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित « Khabarhub

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत – भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।
शनिबार

बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।

गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्र्किएका छन् ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शनिबार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्र्किएका छन् । यस राज्यमामात्र गएको २४ घन्टायता १३ जनाको ज्यान गएको छ ।

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी राजस्थान, तलंगना र छत्तीसगढमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : ५३ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर