कोरोनासँगै गर्मीयाममा लाग्ने रोगको रोकथामका लागि पनि तयारी गर्न सुझाव | Khabarhub Khabarhub

कोरोनासँगै गर्मीयाममा लाग्ने रोगको रोकथामका लागि पनि तयारी गर्न सुझाव


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग आज भिडियो कन्फरेन्स गरेको थियो । भिडियो कन्फरेन्समा सहभागी विज्ञले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।

सहभागी नेपाल सरकारका पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले विश्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि युद्धस्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभिन्न सङ्क्रात्मक रोगको नियन्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिए ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्नेहरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताए । साथै उनले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिए ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए ।

उनले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताए ।

स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताउदै खानेपानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्नेलगायत सुझाव दिए ।

वाटर एडका अनिल थमनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफूहरुले स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाका बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताए ।

अर्का पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ०७ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको