भैरहवा प्रयोगशालालाई आरटी पीसीआर मेशिन सहयोग | Khabarhub Khabarhub

भैरहवा प्रयोगशालालाई आरटी पीसीआर मेशिन सहयोग


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि संघीय कृषि तथा पशु विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले एक थान आरटी पिसिआर मेशिन उपलब्ध गराएको छ ।

कोभिड –१९ को परीक्षणका लागि गत आइतबारदेखि प्रदेश सरकारले भैरहवामा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । उक्त प्रयोगशालामा संघीय सरकारले पठाएको यन्त्रमार्फत परीक्षण भइरहेको छ ।

यन्त्रको क्षमता पर्याप्त नहुँदा संकलित नमूना परीक्षणमा ढिलाइ भएको जनगुनासो आएका बेला संघीय कृषि तथा पशुपन्छी मन्त्रालयको निर्देशनमा परिषद्अन्तर्गत बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारको मोलेकुलर ल्याबमा भएको उक्त मेशिन राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाको मातहतमा रहने गरी आज हस्तान्तरण गरिएको हो ।

एक पटकमा ९६ नमूना परीक्षण गर्न सक्ने उक्त आरटी पिसिआर मेशिनको क्षमता छ ।

कृषिमन्त्री घनश्याम भुसालका स्वकीय सचिव मनोज रिजालका अनुसार बढीमा ६ महिनाका लागि उक्त यन्त्र प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशानालय रुपन्देहीका निर्देशक डा विनोदकुमार गिरीलाई राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा ताराबहादुर घिमिरेले आज काठमाडौँमा हस्तान्तरण गरे ।

हाल प्रयोगशालामा रहेको पिसिआर मेशिनमार्फत परीक्षण गर्दा एक घण्टामा एउटा मात्रै नमूना परीक्षण हुने गरेकामा आरटी पिसिआर मेशिन आएपछि धेरै सहज हुने प्रदेश प्रयोगशाला भैरहवाका निमित्त कार्यालय प्रमुख डा राजेन्द्र गिरीले बताए ।

प्रदेश प्रयोगशालामा अहिलेसम्म ६९ जनाको नमूना संकलन भइसकेको छ । जाँच गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको र बाँकी ११ जनाको आउन बाँकी रहेको डा गिरीले बताए। भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रदेशस्तरीय प्रयोगशालामा गएको आइतबारदेखि कोरोना परीक्षण शुरु गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ५९ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय