सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा  « Khabarhub

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ । 

गीतमा कलाकार सरोज खनाल र पूर्व मिसनेपाल उषा खड्गीको अभियनय रहेको यो गीतमा डाक्टर शाक्यको स्वर रहेको छ भने संगित डाक्टर अन्जान र इञ्जिनियर सञ्जयको रहेको छ । शब्द सञ्जय शाक्यका रहेका छन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।। 

‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा समेत गीत गाराएकी शाक्यले आज भन्दा करीब २२ वर्ष अघि ‘शिरीष’ एल्बम निकालेकि थिइन् । 

त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि उनी गीत/संगितको यात्राबाट मोडिएकी थिइन् । करिब २२ वर्षको अन्तरालमा फेरि ‘मेरो गीत भित्र’ म्युजिक भिडियो लिएर शाक्य गीत/संगितको क्षेत्रमा फर्किएकी छन्  । 

‘इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि नै मलाई गजल गाउने रहर जागेको थियो । मैले त्यसका लागि मनपर्ने गजलका शब्दहरु खोजेँ तर भनेजस्तो भैरहेको थिएन,’ उनले पुनः गीत/संगितको क्षेत्रमा फर्किने योजनाबारे भनिन्, ‘मेरो श्रीमान (डाक्टर अजयक्रान्ति) मात्रै होइन उहाँको परिवार नै गीत/संगित र सहित्यप्रति बढी रुचि राख्ने परिवार हो । दाई (श्रीमानको दाई) नेपाल टेलिकमबाट अवकाश लिनु भएका इञ्जिनियर सञ्जय शाक्य पनि गीत/संगित भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । म पनि उहाँलाई शब्दहरु कोर्न उत्साह भरिरहन्थे । उहाँलाई राम्रो शब्द कोर्नुभयो भने मलाई तपाईँका शब्दमा संगित भर्ने मात्रै होइन गीत पनि गाउने रहर छ भने उहाँ थप उत्साहित भएर मेहनतका साथ गीतका शब्द कोर्न थाल्नुभयो ।’ 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : १६ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर