पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो « Khabarhub

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५९ पुगेको हो ।

पाकिस्तानमा एकैदिन थप १ हजार ५९८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० हजार ३३४ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये ८ हजार ६३ जना उपचारपछि निको भएका छन् । २१ हजार ६१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : २१ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको