महोत्तरीमा शव फेला, हत्याको आशङ्का « Khabarhub

महोत्तरीमा शव फेला, हत्याको आशङ्का


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ । यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै