मलेसियामा कोरोना संक्रमित १०८ जनाको मृत्यु « Khabarhub

मलेसियामा कोरोना संक्रमित १०८ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि थप ६७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ६५६ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ५ हजार २५ जना उपचारपछि निको भएका छन् । १ हजार ५२३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ ।

मलेसियामा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ५९ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको