मध्यपुरथिमि नगरमा ड्रोनबाट सर्वेक्षण सम्पन्न « Khabarhub

मध्यपुरथिमि नगरमा ड्रोनबाट सर्वेक्षण सम्पन्न


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ ।

लकडाउनको सदुपयोग गर्दै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको सबै वस्तुचित्र आउने गरी आकाशमा ड्रोन उडाएर डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख श्रेष्ठले भने ‘नगरपालिकाको जिपिएस लोकेशन लिने काम भएको छ, यसबाट नगरपालिकाभित्र रहेको सम्पूर्ण घर, स्कूल, मठमन्दिर, पोखरी, सडक, जङ्गल, भीरपाखो, जमीन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पारेको छ ।’

ड्रोनमा दुई वटा अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भएको जानकारी दिँदै उनले डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नम्बर हान्दा घरको ढोकामै पुग्न सकिने बताउनुभयो ।

यसबाट नगरपालिकाको सबै क्षेत्रफल र यहाँका भौतिक संरचना डिजिटल नक्सामा उत्रिएको छ ।

डिजिटल नक्साले नगरपालिकाले आगामी दिनमा सहजरुपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : २५ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५