भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ « Khabarhub

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राजधानीमा प्रदर्शन चलिरहेका बेला विपक्षी नेताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनरायी विजयन्, दिल्लीका पूर्वमुख्यमन्त्री अरवीन्द केजरीवाल समेत छन् ।

यसका साथै तृणमूल कांग्रेसका नेताहरु डेरेक ओब्रायन, डोला सेन र अरु सदस्यहरु पनि पक्राउ परेको पीटीआईले जनाएको छ । उनीहरुलाई साउथ एभिन्यूबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, वृन्दा कराट र एमए बेबीसहित भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका अरु नेताहरु पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी–लिबरेशनका नेता दिपाङ्कर भट्टाचार्य, राजनीतिक अभियन्ताहरु प्रशान्त भूषण र योगेन्द्र यादव समेत छन् । त्यस्तै, अखिल भारतीय विद्यार्थी संघकी नेतृ नेहा बोरालाई पनि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि प्रदर्शनको आह्वान गरेको कक्रोच जनता पार्टीका नेताहरु अभिजित दिपके, सौरभ दास र आशुतोस रंकालाई पनि प्रहरीले दिल्ली विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

त्यसअघि युट्युबर ध्रुव राठीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मुम्बईबाट भारतका राष्ट्रपिता महात्मा गान्धीका पनाती तुषार गान्धीलाई पनि पक्राउ गरेको छ ।

यसका अलावा अरु सयौँ प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै शनिबार कक्रोच जनता पार्टीले दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शनको आह्वान गरेको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीको सुरक्षा व्यवस्था चुस्त पारिएको छ भने इन्टरनेट सेवा ठप्प पारिएको छ । दिल्लीका सडकमा हजारौँ प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । प्रदर्शनका कारण सडक यातायात र रेल सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ३ : ४४ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका