कोरोनाको त्रासबीच विवाह, बर-बधुले लगाए लौराले माला ! « Khabarhub

कोरोनाको त्रासबीच विवाह, बर-बधुले लगाए लौराले माला !


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि विश्वका धेरै देशले लकडाउन गरेका छन् ।

यस्तै कोरोना संक्रमण फैलने डरले विवाह हुन तयार रहेका पनि रोकिएका छन् । यो अवधिमा गरिएका विवाह पनि सीमित जन्तीकाबीच सम्पन्न गरिएका छन् ।

हालै एक जोडीको विवाहको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ कोरोनाको त्रासले बर र बधुले लोरोले माला एक अर्कालाई लगाइदिएका छन् ।

घटना भारतको हो । भारतको जहानगञ्जस्थित कोरीखेडाका एक जोडीको विवाहमा अनौठो दृश्य देखियो। उनीहरुले कोरोनालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै अनौठो तरिकाबाट विवाह गरेका हुन् ।

विवाहमा दुलहीका पिता सुर्वेशले कोरोनाको त्रासको बेला सामाजिक दुरी कायम गरी विवाह गर्नुपर्ने बताउदै उक्त तरिकाबाट छोरीको विवाह गरेको भारतिय मिडियामा जनाइएको छ ।

विवाहमा दुलहादुलहीले नै लौरोबाट माला लगाएर विवाह गरेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३५ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो