कोरोनाको त्रासबीच विवाह, बर-बधुले लगाए लौराले माला ! « Khabarhub

कोरोनाको त्रासबीच विवाह, बर-बधुले लगाए लौराले माला !


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि विश्वका धेरै देशले लकडाउन गरेका छन् ।

यस्तै कोरोना संक्रमण फैलने डरले विवाह हुन तयार रहेका पनि रोकिएका छन् । यो अवधिमा गरिएका विवाह पनि सीमित जन्तीकाबीच सम्पन्न गरिएका छन् ।

हालै एक जोडीको विवाहको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ कोरोनाको त्रासले बर र बधुले लोरोले माला एक अर्कालाई लगाइदिएका छन् ।

घटना भारतको हो । भारतको जहानगञ्जस्थित कोरीखेडाका एक जोडीको विवाहमा अनौठो दृश्य देखियो। उनीहरुले कोरोनालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै अनौठो तरिकाबाट विवाह गरेका हुन् ।

विवाहमा दुलहीका पिता सुर्वेशले कोरोनाको त्रासको बेला सामाजिक दुरी कायम गरी विवाह गर्नुपर्ने बताउदै उक्त तरिकाबाट छोरीको विवाह गरेको भारतिय मिडियामा जनाइएको छ ।

विवाहमा दुलहादुलहीले नै लौरोबाट माला लगाएर विवाह गरेका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३५ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ