हिमानी पुत्री पूर्णिकाले लेखिन्- स्वार्थमा जोडिएको विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक ! « Khabarhub

हिमानी पुत्री पूर्णिकाले लेखिन्- स्वार्थमा जोडिएको विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक !


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाह केही समयदेखि सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छन् ।

हुन त उनका हजुरबुबा पूर्वराजा ज्ञानेन्द्र शाह, बाबु पारस र आमा हिमानी पनि सक्रिय नै छन् । तर, पूर्णिका भने साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँछिन् ।

उनी सामाजिक सञ्जालमा कथा, कविता लगायत साहित्यिक सिर्जनाहरु पोस्ट गर्दै आएकी छिन् ।  अहिले उनले विज्ञान किन असफल भयो ? भन्ने शीर्षकमा उनले आफ्ना विचारहरु पाठकमाझ पस्केकी छिन्-

पहिला मानिसहरु खुल्ला कुवाँ,पधेराँको पानी पिउँथे र पनि १०० बर्ष बाँच्थे । अहिले घर घरमा धारो जोडिएको छ, फिल्टर राखिएका छन् र पनि ४० बर्षमै बुढौलीले छोएको छ ।

पहिले खुल्ला कोलमा पेलेको दुषित तेल खान्थे र पनि भरपुर श्रम गर्न सक्थे । अहिले डबल फिल्टर, ट्रिपल फिल्टर तेल खान्छन र पनि जवानीमै स्याँस्याँ र फ्याँफ्याँ गर्छन ।

पहिले ढिक्के नुन खान्थे र पनि स्वस्थ थिए, अहिले आयोडिन युक्त नुनसंगै प्रेसर लो र हाईको गोली पनि खान्छन ।
पहिले कोईला, निम, बज्रदन्ती ले दाँत चम्काउथे र ८० बर्ष सम्म पनि मजाले चपाउँथे ।

अहिलेका कोलगेट सुरक्षाले डेन्टिस्टको चक्कर लगाउछन !
पहिले पाँच गाँउमा एक बैध हुन्थ्यो र पनि सबै स्वस्थ हुन्थे

आज हर गल्लीमा मेडिकल र डाक्टरहरु छन र पनि १० जनामा ९ जना बिरामी छन ।
पहिले ७-८ बच्चा सजिलै जन्माउने आमा ८० बर्ष सम्म पनि घर खेतको काम गर्थिन । अहिले डाक्टरकै निगरानीमा रहदा रहदै पनि पेट च्याथेर बच्चा पाउँछन ।

पहिले भेली (गुण) का डल्लालाई मिठाइ मानेर कोपर्दै खान्थे, अहिले देखेरै शुगर लेवल बढ्छ । पहिले माने कटौरामा हालेर घिउ पिउथे र पनि फिट थिए । अहिले चिल्लो रहित खाएर पनि कोलेस्ट्रोल बढ्छ ।

सिधा सादा सरल जिबन थियो, मान्छेमा अभिमान थिएन स्वाभिमान थियो १ एक अर्का प्रति दया, सहयोग र स्नेहको भावना थियो १ एक आपसमा सम्मान थियो, चाड पर्वका उत्सवहरु मिलेर मनाउथे हुनेले नहुनेलाई दिएर पर्ब मनाउथे !

अहिले दुनियाभरका समस्याहरु छन, एक अर्कामा तछाँड मछाँड र आडम्वर छ, टुक्रे परिवार छन, आपसी मेलमिलाप स्वार्थमा जोडिएको छ र पनि मुर्खहरुले यसलाई २१ औ सताब्दिको बैज्ञानिक युग भनि ब्याख्या गर्दै छन् । यदि बैज्ञानिक युगको उपज यहि नै हो भने मेरो लागि त्यही अबैज्ञानिक युग नै ठिक । विज्ञान त्यागेर प्रकृतिमै रम्नु ठिक ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २५ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति