अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु « Khabarhub

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् ।  

गोलाबारीमा अन्य चार जना घाइते भएको दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहनु भएका जहादलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भई उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताइएको छ ।

अक्टोबरको झडप पछि सहमति भएको युद्धविरामको बाबजुद चमन र स्पिन बोल्डक बिचको सिमामा अप्रत्यासित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् ।

‘केही समय अघि अफगान तालिबानले सीमामा  बिना कारण गोलीबारी गरेको’ पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिए ।   

सीमाका अफगान पक्षका बासिन्दाहरूलाई उल्लेख गर्दै एएफपीले शुक्रबार राति १०ः३० बजे देखि लगभग दुई घण्टा गोलाबारी भएको जनाएको छ । 

कान्दाहारको सूचना विभागका प्रमुख अली मोहम्मद हक्कमलले पाकिस्तानी सेनाले सामान्य आक्रमण गरेको र नागरिक घरहरूमा मोर्टार फायर गरेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ३६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन