अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग | Khabarhub Khabarhub

अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा तत्काल सेना पठाएर नेपाली भूमिको रक्षा गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल  उपस्थित सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन् ।

सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे ।  ‘अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ । विगतका क-कसले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ,’ उनले भने, “अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा समस्या समाधान गर्नु नै उपयुक्त हुन्छ ।’

अर्का सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गरिन् ।

बैठकमा बोल्दै सांसद भीम रावलले विगतमा अरूले गरेनन् भनेर आजको दायित्वबाट सरकारलाई पन्छिने छुट नभएको भन्दै तत्काल विज्ञ टोली सीमा क्षेत्रमा पठाउन माग गरे ।

उनले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो ? भन्दै प्रश्न गरे ।

भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित र अन्तर्राष्ट्रिय कानून विपरित रहेको भन्दै रावलले आपत्ति प्रकट गरे ।

उनले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सीमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको उल्लेख गरे ।

उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन पर्ने तथा नेपालको नक्सा प्रकाशन गर्नु पर्ने बताए ।

दिल्लीमा रहेको राजदूतलाई अह्रराएर केही काम नहुने भन्दै रावलले स्थलगत रुपमा के भइरहेको छ भनेर नेपाल सरकारले किन नहेर्ने भन्दै प्रश्न गरे ।

सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन समेत अटेरी गरिएकोमा आपत्ति जनाइन् ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनेर दिएको अभिव्यक्तिलाई स्पष्ट पार्न माग गरिन् ।

सीमा मिचिएकोबारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै रेग्मीले यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा