सीमा समस्याबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

सीमा समस्याबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा तत्काल चीनसँग कुरा गर्न नहुने बताएका छन् ।

उनले भारतसँग कुराकानी गरेपछि चीनसँग कुरा गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री ज्ञवालीले भने ,’पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।’

अहिलेको समस्या भारतसँग भएको बताउँदै मन्त्री ज्ञवालीले त्रिदेशीय विन्दूका विषयमा भने चीनसँग कुरा गरिने बताए ।

‘नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन । शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो,’ मन्त्री ज्ञवालीले भने ।

सीमा देखिएको समस्या र सडक निर्माणबारे भारतसँग तत्काल कुरा गर्न नेपाल सरकार गम्भीर रहेको उनले बताए ।

भारतले कोरोना महामारी सकिएपछि कुरा गर्ने भनेको भएपनि सीमा समस्या समाधानका लागि तत्काल नै वार्ताको प्रयास हुने उनको भनाइ थियो ।

‘हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ,’ ज्ञवालीले भने । बैठकमा सांसदहरुले तत्काल वार्ता गर्नुपर्ने आवाज उठाएका थिए ।

मन्त्री ज्ञवालीले सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको बताए । ‘दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्राष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,’ उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ३५ बजे

मैले चाहेको प्रधानमन्त्री, उनीहरूको प्रस्ताव खानेपानी र श्रम : हर्क साम्पाङ

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला