सडकमै बसेर मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ « Khabarhub

सडकमै बसेर मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मोटरसाइकल लुटपाट गरेको अभियोगमा सर्लाही प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले बागमती नगरपालिका-३ बस्ने २५ वर्षीय सुवास घलान समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

बागमती नगरपालिका-४ क्षेत्रीय बाटोमा बरहथवा नगरपालिका-२ बस्ने २७ वर्षीय पुरुषले चलएको ना २९ प ९७३० नम्बरको मोटरसाइकल लुटपाट एवम् चालकलाई कुटपिट समेत भएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तीनै जनालाई घटनास्थलबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ३९ बजे

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको