कोरोना संक्रमण देखिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य « Khabarhub

कोरोना संक्रमण देखिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ८८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभरका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका ८८ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । संक्रमितहरुमध्ये वीरगञ्जमा २८ जना, विराटनगरमा १९ जना, रुपन्देहीमा १६ जना, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना गरी ८८ जनाको उपचार भइरहेको छ ।

सोमबार संक्रम पुष्टि भएका ११ जना सहित नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १ सय २१ जना पुगेको छ । ती मध्ये ८९ जना पुरुष र ३२ जना महिला छन् । संक्रमण देखिएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् भने ८८ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचारत छन् ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा ४० र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी नेपालमा १ सय २१ जना संक्रमित पुगेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ वटा नमूना परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ५८ हजार ५ सय ४६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ताड डा देवकोटाले  पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ वटा नमूनाको परीक्षण भएको जानकारी दिए । यस्तै १२ हजार ७ सय १ जना देशभरका क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ३९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित