कोरोना संक्रमण देखिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य « Khabarhub

कोरोना संक्रमण देखिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ८८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभरका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका ८८ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । संक्रमितहरुमध्ये वीरगञ्जमा २८ जना, विराटनगरमा १९ जना, रुपन्देहीमा १६ जना, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना गरी ८८ जनाको उपचार भइरहेको छ ।

सोमबार संक्रम पुष्टि भएका ११ जना सहित नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १ सय २१ जना पुगेको छ । ती मध्ये ८९ जना पुरुष र ३२ जना महिला छन् । संक्रमण देखिएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् भने ८८ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचारत छन् ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा ४० र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी नेपालमा १ सय २१ जना संक्रमित पुगेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ वटा नमूना परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ५८ हजार ५ सय ४६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ताड डा देवकोटाले  पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ वटा नमूनाको परीक्षण भएको जानकारी दिए । यस्तै १२ हजार ७ सय १ जना देशभरका क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ३९ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित