भूकम्प पछिको पुन:निर्माण– सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न « Khabarhub

भूकम्प पछिको पुन:निर्माण– सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– १२ वैशाख २०७२ को बिनासकारी भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा घरबार बिहीन हुन पुगेका भूकम्पपीडितमध्ये ७६ हजार नौ सय ८० परिवारको आवास निर्माण सकिएको छ ।

निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार सात सय ५९ रहेका थिए । जसमध्ये ८७ हजार ७ सय ५८ लाभग्राहीले आवास निर्माणका सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका प्रमुख भरत आचार्यले बताए ।

अनुदान सम्झौता गरेर ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेको प्रमुख आचार्यले बताए ।

सिन्धुपाल्चोकका एक सय ६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन् । जिल्लामा ७ सय १७ जना बिस्तापित भएका मध्ये तीन सय २१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही २ लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन भने तीन सय १९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु दुई चित्रेको दुई परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार पाँच सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार नौ सय ८० भूकम्प पीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउँछन् ।

उनका अनुसार चैत्र मसान्त सम्म लाभग्राही मध्ये ८७ हजार छ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ताबापत थप एक लाख ५० हजारको लागि सिफारिस भएको छ । जिल्लामा भूकम्पले निजी आवास गुमाएका सूचीकृत परिवारमध्ये ८८ प्रतिशतको आवास निर्माण सम्पन्न निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ५४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित