लिपुलेकबारे भारत र चीन दुवै देशसँग सम्वाद गर्न कांग्रेसको माग « Khabarhub

लिपुलेकबारे भारत र चीन दुवै देशसँग सम्वाद गर्न कांग्रेसको माग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे भारत र चीन दुवै देशसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत लिपुलेकको मुद्दा हल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सगौली सन्धीलगायतका प्रमाणका आधारमा महाकाली पूर्वको भू–भाग नेपालको रहेको उल्लेख गर्दै कांग्रेसले हाल देखिएको विवाद समाधानका लागि भारत र चीन दुवै देशसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरी नेपाली स्वाधीनता माथि ठाडो हस्तक्षेप गरेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले भारतको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ३८ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी