लिपुलेकबारे भारत र चीन दुवै देशसँग सम्वाद गर्न कांग्रेसको माग « Khabarhub

लिपुलेकबारे भारत र चीन दुवै देशसँग सम्वाद गर्न कांग्रेसको माग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे भारत र चीन दुवै देशसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत लिपुलेकको मुद्दा हल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सगौली सन्धीलगायतका प्रमाणका आधारमा महाकाली पूर्वको भू–भाग नेपालको रहेको उल्लेख गर्दै कांग्रेसले हाल देखिएको विवाद समाधानका लागि भारत र चीन दुवै देशसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरी नेपाली स्वाधीनता माथि ठाडो हस्तक्षेप गरेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले भारतको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ३८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि