सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ हप्ता लाग्ने « Khabarhub

सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ हप्ता लाग्ने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ साताको समय लाग्ने भएको छ ।

नेपाली सेनाले ल्याउन लागेका सामानहरुको चीनमा अहिले लेबलिङ (लेबल राख्ने) तथा सर्टिफिकेशन (प्रमाणीकरण) गर्ने काम भइरहेको छ ।

सैनिक स्रोतका अनुसार चिनियाँ पक्षले गत चैत २९ गतेदेखि नै लेबलिङ र सर्टिफिकेशनको काम शुरु भएको जानकारी दिएको थियो । तर, यो काम सकिन अझै ५ दिनसम्म लाग्ने जनाइएको छ ।

लेबलिङ र सर्टिफिकेशनको काम सकिएपछि भन्सार पास (कस्टम क्लियरेन्स)को काम शुरु हुने छ । कस्टम क्लियरेन्सका लागि कम्तिमा ७२ घण्टाको समय लाग्ने यसअघि नै सेनालाई जानकारी दिएको थियो ।

तर, सेनाले भन्सार पासको प्रक्रिया यथाशीघ्र गरिदिन आग्रह गरिएको जनाएको छ । भन्सार प्रक्रिया यथाशीघ्र गरिदिनका लागि परराष्ट्र मन्त्रालय, नेपाली सेनाको तर्फबाट बेइजिङस्थित सैनिक सहचारी र प्रधानसेनापतिको ‘च्यानल’मार्फत छुट्टा–छुट्टै अनुरोध गरिएको सैनिक स्रोतको भनाइ छ ।

सेनाले भन्सार पासको प्रक्रिया पूरा भएपछि मात्रै नेपाल वायुसेवा निगमको २ वटा वाइड बडी जहाज पठाएर चीनबाट स्वास्थ्य सामग्री ल्याइने जानकारी दिएको छ ।

स्वास्थ्य सामग्री खरिदमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँगको सम्झौता विवादमा परेपछि गत चैत १६ गते मन्त्रिपरिषद बैठकले सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेर नेपाली नेपाली सेनालाई जिम्मा दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री र उपकरणको सूची तयार पारेको थियो ।

सेनाले ३४२ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ कम्पनी चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग १ करोड ८४ लाख ४१ हजार ७०७ अमेरिकी डलर (सवा २ अर्ब नेपाली रुपैयाँ) को सम्झौता गरेको छ ।

ती सामग्रीहरु हवाई र स्थल (सडक) मार्गबाट नेपाल ल्याइने छ । दुवै मार्गबाट स्वास्थ्य सामग्री ढुवानी गर्ने जिम्मा फ्ल्यास फ्रेट लजिस्टिक नामक कम्पनीले पाएको छ ।

हवाई मार्गबाट ढुवानीका लागि ३ लाख ७२ हजार ५ सय अमेरिकी डलर र स्थल मार्गबाट हुने ढुवानीका लागि २ करोड ४६ लाख ७६ हजार ४ सय रुपैयाँ फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले भुक्तानी पनि पाइसकेको छ ।

सेनाले सडक मार्गबाट आयात हुने सामानको भने वैशाख २२ गतेदेखि नै ढुवानी शुरु भएको जनाएको छ ।


चीनबाट स्वास्थ्य सामग्री ढुवानीका लागि जहाज उड्ने टुंगो छैन

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३७ बजे

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन