कञ्चनपुरमा भीषण हावाहुरी, पोल ढलेपछि विद्युत सेवा अवरुद्ध « Khabarhub

कञ्चनपुरमा भीषण हावाहुरी, पोल ढलेपछि विद्युत सेवा अवरुद्ध


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- आज आएको भीषण हावाहुरीले कञ्चनपुरका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।

तीन बजेतिर आएको हावाहुरीका कारण कञ्चनपुरका कारण बेलौरी नगरपालिका , पुनर्वास नगरपालिका , भीमदत्त नगरपालिका , शक्ला फाँटा नगरपालिका , लगायत बेलडाँडी र लालझाडी गाउँपालिका क्षेत्रमा असर पुगेको छ ।

हावाहुरीका कारण बिजुलीका पोल ढलेपछि सो क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । सेवा अवरुद्ध हुँदा नगरपालिकामा दैनिक कामकाज ठप्प रहेको छ । ठाउँठाउँमा बिजुलीका पोल ढलेको बताइएको छ ।

बेलौरी नगरपालिका ५ रामनगर , ९ रतनपुर, ८ कलकत्ताका धेरै जसो घर र गोठको छानो नै उडाएको स्थानीयवासीले बताएका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार हावाहुरीका कारण जनजीवन प्रभावित भएपछि मानवीय क्षति भने भएको छैन् । केही चौपाया र घर, गोठ, विद्यालय, साईकल पार्किङ्ग स्टेण्डमा क्षति पुगेको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर