कञ्चनपुरमा भीषण हावाहुरी, पोल ढलेपछि विद्युत सेवा अवरुद्ध « Khabarhub

कञ्चनपुरमा भीषण हावाहुरी, पोल ढलेपछि विद्युत सेवा अवरुद्ध


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- आज आएको भीषण हावाहुरीले कञ्चनपुरका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ ।

तीन बजेतिर आएको हावाहुरीका कारण कञ्चनपुरका कारण बेलौरी नगरपालिका , पुनर्वास नगरपालिका , भीमदत्त नगरपालिका , शक्ला फाँटा नगरपालिका , लगायत बेलडाँडी र लालझाडी गाउँपालिका क्षेत्रमा असर पुगेको छ ।

हावाहुरीका कारण बिजुलीका पोल ढलेपछि सो क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । सेवा अवरुद्ध हुँदा नगरपालिकामा दैनिक कामकाज ठप्प रहेको छ । ठाउँठाउँमा बिजुलीका पोल ढलेको बताइएको छ ।

बेलौरी नगरपालिका ५ रामनगर , ९ रतनपुर, ८ कलकत्ताका धेरै जसो घर र गोठको छानो नै उडाएको स्थानीयवासीले बताएका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार हावाहुरीका कारण जनजीवन प्रभावित भएपछि मानवीय क्षति भने भएको छैन् । केही चौपाया र घर, गोठ, विद्यालय, साईकल पार्किङ्ग स्टेण्डमा क्षति पुगेको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १० बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित