ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने « Khabarhub

ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने योजना ल्याएको छ।

लकडाउनका कारण रोजगारी गुमाएका र साँझ बिहानको छाक टार्न मुस्किल हुने वर्गलाई लक्ष्य गरी स्थानीय तहभित्रै रोजगारीको अवसर दिने नगरप्रमुख घननाराण श्रेष्ठले जानकारी दिएका हुन् ।

रोजगारको योजनामा आबद्ध हुन नगरपालिकाले सोमबारदेखि ५ दिने सूचना जारी गरेको छ। नगरपालिकाका ९ वटै वडामा सञ्चालन गरिने बताइएको छ। रोजगार योजनामा एक घरबाट एक व्यक्ति समावेश गराइने बताइएको छ।

रोजगारीका लागि आवेदन दिने व्यक्ति स्वयम नै रोजगारमा सहभागी हुनुपर्ने, १६ वर्ष पूरा भई ५९ वर्ष ननाघेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा नभएका परिवारका व्यक्तिलाई रोजगार योजनामा समावेश गराइने प्रशासकीय अधिकृत रामहरि रिजालले बताए।

रोजगारमा सहभागी हुने व्यक्तिले वडा कार्यालयले तोकेको काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

लकडाउनका कारण रोजगार गुमाएका घरपरिवारमा खाद्यसंकट टार्न वडास्तरमै रोजगारीका योजना ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ३९ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल