ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने « Khabarhub

ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- ठाकुरबाबा नगरपालिकाले राहतको सट्टा रोजगारी दिने योजना ल्याएको छ।

लकडाउनका कारण रोजगारी गुमाएका र साँझ बिहानको छाक टार्न मुस्किल हुने वर्गलाई लक्ष्य गरी स्थानीय तहभित्रै रोजगारीको अवसर दिने नगरप्रमुख घननाराण श्रेष्ठले जानकारी दिएका हुन् ।

रोजगारको योजनामा आबद्ध हुन नगरपालिकाले सोमबारदेखि ५ दिने सूचना जारी गरेको छ। नगरपालिकाका ९ वटै वडामा सञ्चालन गरिने बताइएको छ। रोजगार योजनामा एक घरबाट एक व्यक्ति समावेश गराइने बताइएको छ।

रोजगारीका लागि आवेदन दिने व्यक्ति स्वयम नै रोजगारमा सहभागी हुनुपर्ने, १६ वर्ष पूरा भई ५९ वर्ष ननाघेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा नभएका परिवारका व्यक्तिलाई रोजगार योजनामा समावेश गराइने प्रशासकीय अधिकृत रामहरि रिजालले बताए।

रोजगारमा सहभागी हुने व्यक्तिले वडा कार्यालयले तोकेको काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

लकडाउनका कारण रोजगार गुमाएका घरपरिवारमा खाद्यसंकट टार्न वडास्तरमै रोजगारीका योजना ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ३९ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित